रोशी सहकर्मी–असोज १८,
२०७७,काभ्रे/

कर्मचारीमा कोरोना सङक्रमण पुष्टि भएपछि रोशी गाउँपालिकाको सेवा अनिश्चितकालका लागि बन्द भएको छ ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङद्वारा जारी सूचनामा कर्मचारीमा कोभिड–१९ सङक्रमण देखिएकाले उक्त कर्मचारीको प्रत्यक्ष सम्पर्कमा आएका कर्मचारी तथा व्यक्तिको स्वाब सङ्कलन तथा प्ररीक्षण नतिजा नआएसम्मका लागि अत्यावश्यक सेवा र विद्युतीय माध्यमबाट हुनेबाहेक अन्य सेवा अर्काे सूचना नभएसम्मका लागि बन्द गरिएको उल्लेख छ ।

कार्यालयमा कार्यरत चार कर्मचारीमा कोरोना पुष्टि भएको रोशी गाउँपालिका स्वास्थ्य शाखाप्रमुख गंगालाल श्रेष्ठले जानकारी दिनुभयो ।

Facebook Comments