रोशी सहकर्मी–असोज १९,
२०७७,काभ्रे/

पनौती नगरपालिकाले हप्ताको दुई दिन कोरोना परीक्षणका लागि स्वाव संकलन गर्ने निर्णय गरेको छ । आज बसेको नगर विपद् व्यवस्थापन समितिको बैठकले प्रत्येक हप्ताको सोमबार र बिहीबार पनौती स्वास्थ्य चौकीमा बिहान ९ देखी १० बजेसम्म स्वाव संकलन गर्ने निर्णय गरेको हो ।

बैठकमा नगर प्रमुख भीम न्यौपानेले कोरोना रोगथाम र नियन्त्रणका लागि स्वाव संकलन हप्ताको दुई दिन गर्न लागिएको बताउनुभयो । नगरपालिका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चाँपागाईले कोभिड–१९ सँग मिल्दो जुल्दो लक्षण भएका र स्वास्थ्य चौकीमा परीक्षणका क्रममा आए बिरामीमा शंका लागेमा स्वास्थ्यकर्मी सिफारिसमा पनि स्वाव संकलन हुने बताउनुभयो ।

बैठकमा कोभिड–१९ मा चैत ११ देखी भदौ मसान्तसम्म भएको खर्च ९१ लाख एक हजार ३४६ रुपियाँ बैठकले अनुमोदन गरेको छ । बैठकमा स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिना, पशुपन्छि तथा कृषि शाखा प्रमुख मणिप्रसाद सापकोटा, शिक्षा शाखाका महेश्वर जंगमले कोभिडका कारण परेका असरहरुका बारेमा बैठकमा जानकारी गराउनुभएको थियो । बैठकमा उपप्रमुख गीता बन्जारा, वडा अध्यक्षहरु लगायतको सहभागिता रहेको थियो ।

Facebook Comments Box