रोशी सहकर्मी–कार्तिक २७,
धुलिखेल/

धुलिखेल नगरपालिका वडा नं. २ मा आगामि मङसिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनको वडा अध्यक्ष पदको लागि चार दलले उम्मेद्वारी दर्ता गराएका छन् ।
काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं. २ को वडा अध्यक्ष पदको लागि नेपाल कम्यसनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले आफ्नो पार्टीको तर्फबाट उम्मेद्वारी दर्ता गराएको मुख्य निर्वाचन अधिृकत पुरुषोत्तम ढकालले बताउनुभयो ।
उहाँका अनुसार उम्मेद्वारीमा नेकपाबाट देवप्रसाद कोईराला, नेपाली कांग्रेस पार्टीबाट दर्णबहादुर खत्री, राजपा नेपालबाट कृष्णबहादुर तामाङ र राप्रपा संयुक्तबाट बासुदेव थापाले आफ्नो उम्मेद्वारी दिएका हुन् । उम्मेद्वारी दर्ताको क्रममा नेकपा र नेपाली काँगे्रसले धुलिखेल नगरपालिकाको सरस्वती बजारमा जम्मा भएर बाजागाजा सहित निर्वाचन कार्यालय पुगेका थिए । जिल्लाका नेताहरुको उपस्थितीमा उम्मेदवारी दर्ता गराइएका थिए । नेकपाका जिल्ला अध्यक्ष रुकु चौँलागाई, सचिव टोकबहादुर वाइवा, प्रदेश सांसद बसुन्धरा हुमागाई र लक्ष्मण लम्साल लगायतको उपस्थिती रहेको थियो । त्यस्तै नेपाली काँगे्रसका जिल्ला सभापति मधुप्रसाद आचार्य, सचिव दिनेश लामा, नेता तीर्थ लामा, गाणेश लामा, महेश खरेल लगायतको उपस्थिती रहेको थियो । तत्कालिन नेकपा एमालेबाट निर्वाचित राजन कोइरालाको निधन भएपछि उक्त वडामा उपनिर्वाचन हुन लागेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख उमेश राईले जानकारी दिनुभयो ।

Facebook Comments