सांकेतीक तस्बिर

यश कुमार परियार–असोज २२,
२०७७,काभ्रे/

काभ्रे जिल्लमा पछिल्लो दिनहरुमा संक्रमितको संख्या निरन्तर बढ्दै गईरहेको भएपनि आज भने संक्रमण मुक्त हुनेको संख्या धेरै छ । स्वास्थ्य कार्यलयले दिएको विवरण अनुसार आज एकै दिन ५१ जना कोरोना मुक्त भई डिस्चार्ज भएका छन् । यो सँगै काभ्रेमा ५ सय ८३ कोरोना मुक्त भई डिस्चार्ज भएका छन् ।

यसैबिच जिल्लामा आज थप २३ जना कोरोना भाईरसका संक्रमित थपिएका छन् । थपिनेमा सबैभन्दा बढि बनेपा नगरपालिकाका १० पुरुष र ७ महिला गरी १७ जना, मण्डन देउपुर नगरपालिकाबाट २ पुरुष र १ महिला गरी ३ जना, यस्तै धुलिखेल र नमोबुद्धका १/१ जना पुरुष र रोशी गाउँपालिकाको १ महिला रहेको स्वास्थ्य कार्यलयले जनाएको छ ।

यो सँगै काभ्रे जिल्लामा सक्रिय संक्रमितको संख्या ३ सय ६ पुगेको छ । जसमध्ये अस्पतालमा १ सय १० र होम आईसोलेसनान १ सय ९६ जना रहेका छन् । यसैगरी काभ्रे भन्दा बाहिरका जिल्लामा १३ जना संक्रमित आईसोलेसनमा रहेको कार्यलयले जनाएको छ ।

Facebook Comments Box