रोशी सहकर्मी–असोज २३,
२०७७,काभ्रे/

बेवारीसे व्यक्तीको संरक्षण गर्न धुलिखेलमा सेवा घर सञ्चालनमा आएको छ । आज एक कार्यक्रमका बीच कार्यालय उद्घाटन गरिएको छ । सडक पेटि तथा सार्वजनिक स्थलहरुमा कष्टकर जीवन बिताउन बाध्य भएका अशक्त, अनाथ, अपाङ्गता भएका, मनरोगी, बेवारीसे व्यक्तीहरुलाई उक्त मानव कल्याण समाज (सेवा घर)मा राखिने छ ।

भक्तपुर जिल्लामा केन्द्रीय कार्यालय रहेको मानव कल्याण समाजको शाखा कार्यालय काभ्रेको धुलिखेलमा सञ्चालनमा ल्याएको हो । कार्यालय समुद्घाटन धुलिखेल नगरपालिका प्रमुख अशोककुमार व्याञ्जूले गर्नुभएको थियो । सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, धुलिखेल नगरपालिका उपप्रमुख बिमला शर्मा चौलागाई, धुलिखेल नगरपालिका वडा न ४ का अध्यक्ष रविन्द्र कर्मचार्य, कलाकार सरिता लामिच्छाने, मानव सेवा समाजकी अध्यक्ष सुमित्रा चौलागाई लगायतले मन्तव्य राख्नुभएको थियो ।

संस्थाले परिवारमा पुनःमिलन गराउने, उत्प्रेरणात्मक तालिम, केही गर्न सक्ने भएर पनि अवसर नपाएर सार्वजनिक स्थलमा बेवारिसे जीवन बिताईरहेकाहरुका लागि विभिन्न सिपमूलक तथा आयमूलक स्वरोजगारका तालिम सञ्चालन गरी आत्मनिर्भर बन्न प्रेरित गर्ने, स्तरीय शिक्षा प्रदान गर्दै आएको छ । मानव कल्याण समाजमा विभिन्न व्यक्तीहरुको सहयोगबाट सञ्चालन हुँदै आएको जनाइएको थियो ।

Facebook Comments Box