रोशी सहकर्मी–कार्तिक २७,
तेमाल/

तेमाल गाँउपालीकाको न्यायीक समितिले वडा स्तरिय सामुदायिक मेलमिलापकर्ताहरु बिच अनुभव आदान प्रदान कार्यक्रम गरेको छ । तेमाल गाउँपालिकाको न्यायिक समिति र वडा नम्बर ७, ८ र ९ नं वडामा रहेका मेलमिलाप केन्द्रको विगतका कामको प्रतिवेदन प्रस्तुत गराई वडा स्तरिय मेलमिलाप कर्ताहरुविच अनुभव आदन प्रदान कार्यक्रम गरेको हो । कार्यक्रममा तेमाल गाँउपालीका उपाध्यक्ष दुर्गामायाँ तामाङ, प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुईकेल, वडा समितिका पदाधिकारी ,मेलमिलाप केन्द्रका मेलमिलापकर्ताहरु, वडा सचिवहरु साथै तेमाल गाउँपालिकाका न्यायिक समितिको सम्पुर्ण टोलीको सकृय सहभागिता रहेको थियो ।
कार्यक्रममा मेलमिलाप कर्ताहरुले बिगतको दिनमा गरेका कामको प्रगति प्रतिबेदन प्रस्तुति गरेका थिए । उनिहरुले काम गर्दा परेका समस्या पनि सुनाए । साथै आगामी दिनमा न्यायिक समिति, वडा कार्यलाय र मेलमिलाप केन्द्र बिच समन्वय, सहकार्य गर्दै जाने जनाएका छन् । न्यायिक समिति र मेलमिलाप केन्द्रका क्षेत्रधिकार भित्र रहेका बिवादहरु प्रहरी प्रशासनमा जानू अगाडी नै सम्बन्धित स्थानीय तहमा सहज तरिकाबाट बिवादको निरुपणको लागि समिति सकृय रुपले अघि बढ्ने मेलमिलाप कर्ताहरुले प्रतिवद्धता जनाएका छन् । त्यस्तै भोली वडा नं ४, ५ र ६ को वडा कार्यलयमा सामुदायिक मेलमिलापकर्ताहरु बिच अनुभव आदान प्रदान कार्यक्रम रहेको उपाध्यक्ष दुर्गामायाँ तामाङले जानकारी दिईन् । गाँउपालीकाले वडा नं १ देखि ९ सम्मका सामुदायिक मेलमिलाप कर्ताहरु बिच शुभकामना आदन प्रदान कार्यक्रम राखेको छ ।

Facebook Comments