यश कुमार परियार–असोज २५,
२०७७,काभ्रे/

काभ्रे जिल्लामा आज ४३ जना कोरोनाका बिरामी थपिएका छन् । स्वास्थ्य कार्यलय काभ्रेले उपलब्ध गराएको विवरण अनुसार आज विभिन्न पालिकाका ४३ कोरोनाका विरामी थपिएका हुन् । आज संक्रमण पुष्टि हुनेमा धुलिखेल नगरपापलिकाका ६ पुरुष र २ महिला गरी ८ जना, पनौती नगरपालिकाका ८ पुरुष र ६ महिला गरी १४, मण्डनदेउपुर नगरपालिकाका १ पुरुष, नमोबुद्ध नगरपालिकाका १ महिला, पाँचखाल नगरपालिकाका ३ पुरुष र २ महिला गरी ५ जना र बनेपा नगरपालिकाका ९ पुरुष र ५ महिला गरी १४ छन् ।

यो सँगै काभ्रेमा कोरोना संक्रमितको संख्या १ हजार १ पुगेको छ । यी मध्ये ३ सय ९९ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १ सय १० जना अस्पतालको आईसोलेसनमा छन् भने २ सय ८९ जना होम आईसोलेसनमा छन् ।

यस्तै आज ८ जना कोरोना जितेर घर फर्किएका छन् । यो सँगै काभ्रेमा ५ सय ९३ जना डिस्चार्ज भईसकेका छन् ।

यसैबिच आज धुलिखेलका १ पुरुषको कोरोनाबाट मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएका धुलिखेल–११ डाँडागाउँका एक जनाको धुलिखेल अस्पतालमा मृत्यु भएको हो । ७ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेका ५० वर्षीय पुरुषको आइतबार (आज) बिहान २ बजे मृत्यु भएको स्वास्थ्य कार्यलयले जनाएको छ । यो सँगै काभ्रेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ । जसमध्ये ३ पुरुष र २ महिला अन्य जिल्लाका हुन् ।

Facebook Comments