यश कुमार परियार–असोज २८,
२०७७,काभ्रे/

काभ्रे जिल्लामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेथानचोक गाउँपालिका कि ७५ वर्षिय महिलाको शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यलयले जनाएको छ । काभ्रेमा कोरोनाबाट हाल सम्म १० जनाको मृत्यु भईसकेको छ ।

यसैबिच आज ४० जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । संक्रमितहरु धुलिखेलका २१ जना, पनौतीका ८ जना, बनेपाका ११ जना रहेको कार्यलयले जनाएको छ । यो सँगै काभ्रेमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ हजार १ सय ३६ भने ६ सय २९ जना निको भईसकेका छन् । आज ९ जना डिस्चार्ज भएका छन् ।

Facebook Comments