रोशी सहकर्मी–असोज ३०,
२०७७,काभ्रे/

काभ्रे जिल्लामा रहेका विभिन्न शक्तिपिठहरुमा प्रवेश निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले आज एक सूचना जारी गर्दै दशैँको घटस्थापना देखि नवरात्रभर जिल्लाका शक्तिपीठमा सर्वसाधारणले प्रवेश गर्न नपाउने बताईएको छ ।

जिल्लाभित्रका सबै शक्तिपिठ र मन्दिरहरुमा दशैँको समयमा भिडभाड हुने र कोरोना भाइरसको संक्रमण फैलिने भन्दै मठमन्दिरमा सर्वसाधरणको प्रवेशलाई निषेध गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोख्ररेलले बताए ।

प्रशासनले जिल्लाभित्रका सबै शक्तिपीठ र मन्दिरहरुमा नित्य पुजा बाहेक सर्वसाधरणलाई प्रवेश निषेध गरिएको छ । यदि सूचनाको अटेर गर्ने जो कोहिलाई पनि संक्रामक रोग ऐन, २०२० बमोजिक कारबाही हुने प्रमुख जिल्ला अधिकारी पोख्ररेलले बताए ।

Facebook Comments