रोशी सहकर्मी–कात्तिक १,
२०७७,भकुण्डेबेसी/

काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाका १५ वटा विद्यालयका शिक्षकहरूको लागि प्रारम्भिक कक्षा पढाइ सम्बन्धि तालिम शनिबार सम्पन्न भएको छ । सेभ द चिल्ड्रेनको सहयोगमा नाङ्शाल एशोसियसन नेपालको आयोजनामा संचालित उक्त तालिममा नमोबुद्ध नगरपालिकाका १५ वटा विद्यालयका कक्षा १ देखि ३ सम्म नेपाली र गणित विषका शिक्षकहरूको सहभागीता रहेको थियो ।

असोज १४ गते देखि १७ गते सम्म कक्षा १ को गणित विषयमा, असोज १८ गते देखि २२ गते सम्म कक्षा १ को नेपाली विषयमा त्यसैगरि असोज २३ गतेदेखि २७ गतेसम्म कक्षा २ को नेपाली विषयमा र असोज २८ गतेदेखि कार्तिक १ गते सम्म कक्षा २ को गणित विषयमा तालिम संचालन भएको थियो ।

गणित विषयको तालिम काठमाडौं विश्वविद्यालयको उप प्राध्यापक तथा राष्ट्रिय प्रशिक्षक विनोद प्रसाद पन्त र नेपाली विषयको तालिम राष्ट्रिय प्रशिक्षक गोविन्द आचार्यले सहजिकरण गर्नु भएको थियो । प्राथमिक तहको परिवर्तित पाठ्यक्रम अनुसार प्रारम्भिक कक्षा पढाइ विधि बाट कक्षा १ देखि ३ सम्मको पठन पाठन गर्न शिक्षकको क्षमता विकास गर्ने उदेश्यले नमोबुद्ध नगरपालिकाको समन्वय र सहकार्यमा भकुण्डेवेसि तालिम केन्द्र भकुण्डेवेसिमा संचालन भएको थियो ।

तालिम समापन कार्यक्रममा नाङशाल एशोसिएसन नेपालको अध्यक्ष दिनेश लामाले कोभिड १९ को विषम परिस्थितिमा पनि सिकाई निरन्तरताको लागि नाङ्शालले सहयोग गर्दै आएको बताउनु भयो । बैकल्पिक विधिबाट भए पनि सिकाई सहजिकरण गरि बालबालिको पठन पाठनको लागि नाङ्शालले कार्यक्रम संसोधन गरि विद्यालयहरुलाई सहयोग गर्दै आएको जानकारी नाङ्शाल एशोसियन नेपालको कार्यक्रम संयोजक ललिता तामाङले बताउनु भयो । समापनमा प्रेश काउन्सिलको सदस्य ईश्वरी ओझाले नाङ्शालले काभ्रे जिल्लाको शिक्षा क्षेत्रमा पु¥याएको योगदान प्रशंसनीय रहेको बताउनु भयो ।

Facebook Comments