रोशी सहकर्मी–कार्त्तिक ३,
२०७७,काभ्रे/

पाँचखाल नगरपालिका वडा न ४ तामाघाटमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडि सवारी गम्भीर घाईते भएको प्रहरीले जनाएको छ । मोटरसाइक चालक मण्डनदेउपुर नगरपालिका वडा न ७ का २२ बर्षीय सुबिन लम्सालको मृत्यु भएको छ भने बनेपा नगरपालिका वडा न १० पुलबजारका १७ बर्षीय सुबोध तामाङ गम्भीर घाईते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी कुमारबिक्रम थापाले पाँचखालबाट धुलिखेल तर्फ आउँदै गरेको बा ७० प १५८८ नम्बर आफै अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना घाईत भएका थिए । घाईतेको उपचारका लागि धुलिखेल अस्पताल ल्याएको पनि अस्पतालले लम्साललाई मृत घोषणा गरेको थियो । गम्भीर घाईत रहेका तामाङको धुलिखेल अस्पतालमा उपचार सम्भव नभएपछि काठमाडौं रिफर गरिएको डीएसपी थापाले जानकारी दिए ।

Facebook Comments