यश कुमार परियार–कात्तिक १५,
२०७७,काभ्रे/

काभ्रेमा आज थप ६४ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यलय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्र कुमार झाले उपलब्ध गराएका विवरण अनुसार सबैभन्दा बढि बनेपा नगरपालिकाका २७ जना रहेका छन् ।

यसैगरी धुलिखेल नगरपालिकाका १२ जना, पनौती नगरपालिकाका ८ जना, पाँचखाल नगरपालिकनका ६ जना, नमोबुद्ध नगरपालिकाका १ जना, मण्डनदेउपुर नगरपालिकाका ७ जना, तेमाल, महाभारत र चौरीदेउराली गाउँपालिकाकन १/१ जना रहेका छन् ।

यो सँगै काभ्रेमा संक्रमितको संख्या १६ सय ७० पुगेको छ भने ति मध्ये सक्रिय संक्रमितको संख्या ५ सय ३७ रहेका छन् । ११ सय १२ जना भने उपचार पछि निको भईसकेका छन् । आज ९ जना डिस्चार्ज भएको स्वास्थ्य कार्यलयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्र कुमार झाले जानकारी दिए ।

यसैबिच कोरोनाबाट आज धुलिखेल अस्पतालमा एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमित काठमाडौँ सिनामंगलका ७२ वर्षीय पुरुषको धुलिखेल अस्पतालमा उपचारका क्रममा शनिबार विहान ७ः२१ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनमा कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि उनि कात्तिक ६ गते उपचारका लागि धुलिखेल अस्पताल भर्ना भएका थिए । उनमा कोरोनाका साथै निमोनिया समेत भएको अस्पतालले जनाएको छ ।

काभ्रेमा हालसम्म कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ । जसमा काभ्रेका २१ जना र काभ्रे बाहिर अन्य जिल्लाका १२ जना रहेका छन् ।

Facebook Comments