यश कुमार परियार–कात्तिक १७,
२०७७,काभ्रे/

काभ्रे जिल्लाको नमोबुद्ध न.पा. वडा नं ५ का १ सय भन्दा बढि व्यक्तिहरु नेकपा परित्याग गरी कांग्रेस प्रवेश गरेका छन् । नेपाली कांग्रेस नमोबुद्ध न.पा. वडा नं ५ द्वारा आयोजित शुभकामना आदन प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथी नेपाली कांग्रेस काभ्रे क्षेत्र नं १ का प्रतिनिधि सभा सभापति एवं पूर्व सांसद तीर्थ लामाले नव प्रवेशीहरुलाई स्वागत गरेका थिए ।

नव प्रवेशीहरुलाई स्वागत गर्दै प्रमुख अतिथि लामाले वर्तमान सरकारले जनताको मर्म विपरीत काम गरेर जनतालाई दुख दिने काम मात्रै गरेको बताए । देश विकास र जनहितमा काम गर्नुपर्ने सरकार भ्रष्टाचार, आपसी भागवण्डा, शक्ति बाँडफँडमा लिप्त भएको बताए ।

नेपाली कांग्रेस एउटा यस्तो पार्टि हो, जसले जनतानको मर्म र हितमा काम गर्न सक्ने बताँउदै लामाले अबको देश विकास गर्ने जिम्मा कांग्रेसको भएको बताए ।

कार्यक्रममा प्रदेश सभा १ (ख) का उम्मेदवार गणेश लामा, नेपाली कांग्रेस नमोबुद्ध नगर सभापति कुन्साङ लामा, नेपाल तरुण दल काभ्रेका अध्यक्ष दावा लामा, लगायत जिल्ला सदस्यहरु, क्षेत्रीय सदस्यहरुले शुभकामना दिएका थिए ।

Facebook Comments