कात्तिक १८,
२०७७,काभ्रे/

काभ्रे जिल्लामा थप २ जना कोरोना भाईरसको संक्रमणबाट मृत्यु भएको छ । स्वास्थय कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्र कुमार झाका अनुसार एक जनाको घरमा र एक जनाको धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।

मृत्यु हुनेमा मण्डनदेउपुर नगरपालिका २५ बर्षीय महिलाको घरमै मृत्यु भएको हो भने धुलिखेल नगरपालिका ७९ बर्षीय पुरुषको धुलिखेल अस्पतालमा मृत्यु भएको हो । डा. झाका अनुसार उनीहरु दुबै जनालाई हिजो मात्रै कोरोना पुष्टि भएको थियो । योसँगै जिल्लामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २३ पुगेको छ भने अन्य जिल्लाका १२ जना सहित ३५ को मृत्यु भईसकेको छ ।

यसैबिच आज थप ५४ जनामा कोरोना भाइरसको संक्रमण पुुष्टि भएको छ । स्वास्थय कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. झाका अनुसार सबैभन्दा बढी बनेपा नगरपालिकाका १५ जना पुरुष, ११ जना महिला गरी २६ जना रहेका छन् । त्यस्तै धुलिखेल नगरपालिकाका ७ जना महिला र ४ जना पुरुष गरी ११ जना, पनौती नगरपालिकाका ५ जना पुरुष, १ जना महिला गरी ६ जना, पाँचखाल नगरपालिकाका ३ जना महिला र १ जना पुरुष गरी ४ जना, मण्डनदेउपुर नगरपालिकाका ४ जना पुरुष, नमोबुद्ध नगरपालिकाका २ जना पुरुष र रोशी गाउँपालिका १ जना पुरुष रहेका छन् ।

योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार ८ सय २९ पुगेको छ । यि मध्ये ५ सय ४२ जना सक्रिय संक्रमित छन् । डा. झाका अनुसार अस्पतालको आइसोलेसनमा ४७ जना छन् भने होम आइसोलेसनमा ४९५ जना रहेका छन् ।

यस्तै काभ्रे जिल्लामा कोरोना जितेर घर फर्कनेको संख्या १ हजार २ सय ६४ पुगेको छ । आज ३८ जना कोरोना जितेर घर फर्किए सँगै जिल्लामा हालसम्म निको हुनेको संख्या १ हजार २ सय ६४ पुगेको छ ।

Facebook Comments Box