यश कुमार परियार–कात्तिक २१,
२०७७,काभ्रे/

काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकामा आज १२ जनामा कारोना पुष्टि भएको छ ।

नमोबुद्ध नगरपालिकाका आईसोलेसन फोकल पर्सन सोभाकान्त आचार्यका अनुसार संक्रमित हुनेमा मेथिनकोट अस्पतालका ५ जना स्वास्थ्यकर्मी, नगरपालिकाका कर्मचारी २ जना, ७ नं वडाका २ जना, ९ र ४ नं वडाका १/१ जना छन् र १ जनाको भने विवरण आउन बाँकि रहेको छ ।

१८ गते र २० गते पठाएको स्वावको रिपोर्ट अनुसार नगरका ११ जना संक्रमित भएको र १ जनाको भने अन्यत्र स्वाव संकलन भएका कारण संक्रमितको विवरण नआएको आचार्यले जानकारी दिए ।

उनका अनुसार संक्रमित स्वास्थ्यकर्मीहरु नगरपालिकाले स्थापना गरेको जनक माविको आईसोलेसनमा छन् भने अन्य संक्रमितहरु घरमै होम आईसोलेसनमा छन् ।

Facebook Comments