रोशी सहकर्मी–कार्तिक २८,
तेमाल/

तेमाल गाँउपालीकाको न्यायीक समितिद्धारा आयोजित वडा स्तरिय सामुदायिक मेलमिलापकर्ताहरु बिच अनुभव आदान प्रदान कार्यक्रमको दोश्रो दिन आज वडा नं ४, ५ र ६ मा सम्पन्न गरेको छ । तेमाल गाउँपालिकाको न्यायिक समितिले वडामा रहेका मेलमिलाप केन्द्रको विगतका कामको प्रतिवेदन प्रस्तुत गराई वडा स्तरिय मेलमिलाप कर्ताहरुविच अनुभव आदन प्रदान कार्यक्रम गरेको हो । कार्यक्रममा तेमाल गाँउपालीका उपाध्यक्ष दुर्गामायाँ तामाङ, प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुईकेल, न्यायिक समिति सदस्य बिकुलाल तामाङ, कानुनी सहजकर्ता सरस्वती त्रिपाठी, जनप्रतिनिधिहरु, नारायण स्थान मा.बि.का प्रधान अध्यापक दिल कुमार मोक्तान, वडा समितिका पदाधिकारी, मेलमिलाप केन्द्रका मेलमिलापकर्ताहरु, वडा सचिवहरु साथै तेमाल गाउँपालिकाका न्यायिक समितिको सम्पुर्ण टोलीको सहभागिता रहेको थियो ।
कार्यक्रममा मेलमिलाप कर्ताहरुले बिगतको दिनमा गरेका कामको प्रगति प्रतिवेदन प्रस्तुति गरेका थिए । उनिहरुले काम गर्दा परेका समस्या सुनाउदै आगामी दिनमा न्यायिक समिति, वडा कार्यलाय र मेलमिलाप केन्द्र बिच समन्वय, सहकार्य गर्दै जाने जनाएका छन् ।
त्यस्तै भोली वडा नं १, २ र ३ को वडा कार्यलयमा सामुदायिक मेलमिलापकर्ताहरु बिच अनुभव आदान प्रदान कार्यक्रम रहेको उपाध्यक्ष दुर्गामायाँ तामाङले जानकारी दिईन् । गाँउपालीकाले वडा नं १ देखि ९ सम्मका सामुदायिक मेलमिलाप कर्ताहरु बिच शुभकामना आदन प्रदान कार्यक्रम राखेको छ ।

Facebook Comments Box