कात्तिक २२,
२०७७,काभ्रे/

काभ्रे जिल्लाको मालपोत कार्यलय कात्तिक २८ गते सम्म बन्द हुने भएको छ । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अत्याबश्यक बाहेक सबै सेवा एक हप्ताको लागि बन्द हुने कार्यलयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
कार्यालय प्रमुख लोकबहादुर भण्डारीका अनुसार कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिपछि स्वास्थ्यको संवेदनशिलतालाई मध्यनजर गर्दै एक हप्ताको लागि कार्यालय बन्द गरेको जानकारी दिए ।

विज्ञप्तीमा भनिएको छ, ‘कार्यलयका केहि कर्मचारीमा कोरोना पुष्टि भएको र निजहरुसँगको प्रत्यक्ष सम्पर्कमा रहेका अन्य कर्मचारीहरुलाई समेत कोरोना भाईरस संग मल्दिोजुल्दो लक्षणहरु देखा परेकोले उनिहरुको परिक्षण गर्नुपर्ने र निज कर्मचारीहरु क्वारेन्टाईनमा बस्नुपर्ने भएकाले थप संक्रमणको जोखिम हुन नदिन कार्यलयका सेवा स्थगन गरिएको छ’, भनिएको छ ।

Facebook Comments Box