कात्तिक २२,
२०७७,काभ्रे/

काभ्रे जिल्लामा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हनेमा बनेपा नगरपालिकाका ७७ बर्षिय पुरुष छन् । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाका अनुसार उनको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।

यस्तै आज शनिवार एकै दिन काभ्रेका ६३ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । थपिएका मध्ये सबै भन्दा बढि बनेपा नगरपालिकामा १५ महिला र १६ पुरुष गरी ३१ जना संक्रमित थपिएक छन् । त्यस्तै धुलिखेल नगरपालिकामा १ महिला र ६ पुरुष, पनौती नगरपालिकामा ५ महिला र ६ पुरुष, नमोबुद्ध नगरपालिकामा ३ महिला र २ पुरुष, मण्डनदेउपुर नगरपालिकामा ३ महिला र ४ पुरुष, पाँचखाल नगरपालिकाबाट १ महिला र २ पुरुष गरी ६३ जना संक्रमित थपिएको हो ।

यो संगै जिल्लामा संक्रमितको संख्या २ हजार १४ पुगको छ भने डिस्चार्ज हुनेको संख्या १४ सय ९ छ । आज मात्र १५ जनाले कोरोना जितेर घर फर्किएका छन् ।

Facebook Comments Box