यश कुमार परियार–कात्तिक २३,
२०७७,काभ्रे/

काभ्रे जिल्लाको तेमाल गाउँपालिका पोखरी नारायणस्थानमा कार्यरत एक कर्मचारीमा कोरोना भाईरसको संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ । गाउँपालिकाले आज एक विज्ञप्ति निकाल्दै आज कात्तिक २३ गते देखि मंसिर २ गते सम्म गाउँपलिकाबाट प्रदान हुने अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको जनाएको छ ।

आजबाट ९ दिन गाउँपालिकाको कार्यलय बन्द हुने भएता पनि पालिका अन्तर्गतका वडा कार्यलय, स्वास्थ्य संस्थाहरु, शैक्षिक संस्थाहरु यथावत संचालन हुने गाउँपालिका अध्यक्ष सलाम सिं तामाङले जानकारी दिए । उनले यस महामारीको समयमा डराएर भन्दा पनि संयमित भई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी यसलाई परास्त गर्न सम्पुर्ण गाउँपालिका बासीमा अनुरोध गरे ।

Facebook Comments