कात्तिक २४,
२०७७,काभ्रे/

कर्मचारीमा कोरोेना पुष्टि भएपछि काभ्रेको नमोबुद्ध नगरपालिका मंसिर २ गतेसम्म बन्द हुने भएको छ । नगरपालिकाले एक विज्ञप्ति निकाल्दै २५ गतेदेखि मंसिर २ गतेसम्म नगरपालिकाबाट प्रवाह हुने सेवा स्थगन गरिएको जनाएको छ ।

नगरपालिकाका ४ जना कर्मचारीमा कोरोना भाइरस पुष्टि भएकाले सेवा स्थगन भएको विज्ञप्तिमा भनिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईद्वारा जारी विज्ञप्तिमा संक्रमित कर्मचारी होम आइसोलेसनमा रहेको र अन्य कर्मचारीमा समेत कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएको बताईएको छ ।

नगरपालिका र वडाकार्यलय बन्द हुने भएता पनि कार्यालयबाट प्रदान गरिने सबै अत्याश्वक सेवा भने जारी नै रहने प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईले जानकारी दिए ।

Facebook Comments