भकुण्डे–दाहालडाँडा सडक पिच भएको केहि समय पछि भत्किएको
फोटोः यश कुमार परियार

यश कुमार परियार–कात्तिक २८,
२०७७,काभ्रे/

बि.पि.राजमार्ग अन्तर्गत काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका भित्र पर्ने भकुण्डे–दाहालडाँडा सडक खण्ड अहिले धमाधम पिच भईरहेको छ । सडक स्तरोन्ती गर्न पुरानो पिच उक्काएर धुलाम्य भएको १ वर्ष पछि अहिले द्रुत गतिमा काम भईरहेको छ । तर जति छिटो सडक पिच भईरहेको छ, त्यति नै छिटो भत्कीन पनि थालेको छ ।

गत वर्ष दशैँ अघि विभिन्न खण्डमा सुरु गरिएको यस आयोजना अन्तर्गत आर्थिक वर्ष २०७६/०७७ भित्र सम्पन्न गर्ने गरी धुलिखेल–नेपालथोक सडकको दाहालडाँडा देखि भकुण्डे सम्मको ६ किलोमिटर सडक स्तरउन्नती गर्न सुरु गरिएको थियो । जसका लागि वर्ल्ड वाईड, पुष्पाञ्जली र पी.एस जेवी कम्पनीले ठेक्का पाएका थिए ।


तर गत चैत्र देखि कोरोना महामारीका कारण लकडाउन भएपछि कर्मचारी अभावको कारण देखाउँदै काम रोकिँदै आएको थियो । लकडाउन अघि देखिनै धुलाम्य सडक अहिले पिच भएपनि बिभिन्न स्थानमा भत्किएको स्थानिहरुको गुनासो छ । सडक धुलाम्य भएको करीब एक वर्ष पुरा भएपछि अहिले सडक कालोपत्रे हुने काम सुरु त भयो, सँग सँगै ठाउँ ठाउँमा भत्किन पनि थालेको स्थानिय रुपक खनालले बताए । उनले पिच भएको १/२ हप्ता नबित्दै दाहालडाँडा देखि भकुण्डे सम्मका विभिन्न स्थानमा कालोपत्रे भत्किएर खाल्डो हुन थालेको बताए ।

अर्का स्थानिय बेद प्रसाद गौतमले सडकको छेउ छेउमा यत्तीकै पिच गरेर छाडिएको र कम गुण्स्तरको काम भएको बताए । २४ सै घण्टा व्यस्त हुने बिपि राजमार्गमा दैनिक सयौँको संख्यामा सवारी गुड्ने गर्छन् ।

धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाकी ईन्जिनियर गिताञ्जली कोईरालाले सडमा कालोपत्रे भत्किएको स्विकार गरिन् । चाडपर्वको समयमा सवारी चाप बढेका कारण ठाउँ ठाउँमा पिच उक्कीएको ईन्जिनियर कोईरालाले बताईन् । उनका अनुसार लकडाउन अन्त्य भएपछि कालोपत्रे हुन सुरु भएको सडकमा अहिले काम भईरहेको र नयाँ पिच हालेको केहि समय पछि सवारी गुड्ने गरेका कारण पनि चाँडै उक्कीएको बताईन् । उनले उक्कीएको र भत्किएको ठाउँलाई फेरी मर्मत गर्ने बताईन् । ‘सबै सवारीलाई हतार हुन्छ, नयाँ पिच हाल्ने बित्तिकै गाडि त्यहि माथि गुड्न सुरु गर्छन्, त्यहि भएर पनि ठाउँ ठाउँमा भत्किएको हो’– काईरालाले भनिन् ‘हामी अनुगमन गरिरहेका छौँ, भत्किएको ठाउँलाई ठिक गर्छौ’ । काम भईरहेको समयमा फिल्डमा अनुगमन गर्ने गरेको र गुणस्तरीय काम भएको उनको दावी छ ।

राजमार्गमा दैनिक गुड्ने सवारी, बिरामी बोक्ने एम्बुलेन्स, मालबाहक सवारी साथै सडक छेउछाउ घर भएका वासीन्दाहरुलाई निकै कष्ठकर हुँदै आएको थियो । अहिले सो सडक खण्डमा पिच भईरहेको छ । भने ६ किलोमिटर सडक स्तरोन्ती गर्नुपर्नेमा अब केहि मिटर मात्रै सडक कालोपत्रे हुन बाँकि छ ।

काठमाडौँलाई पूर्वी तराईसँग जोड्ने मार्गका रूपमा रहेको सो सडक जापान सरकारको आर्थिक सहयोगमा निर्माण भएको हो । सन् १९९६ मा निर्माण शुरु गरेर सडक सन् २०११ मा सम्पन्न भएको धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजना प्रमुख सुर्य भाटले जानकारी दिए । नौ पुल रहेको उक्त सडक खण्डमा सवारी साधनको गति २० देखि ४० किमी रहेको छ ।

सम्बन्धित समाचार:

Facebook Comments