कात्तिक २८,
२०७७,काभ्रे/

जिल्लामा आज (शुक्रबार) ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले उपलब्ध गराएको विवरण अनुसार आज थपिएका संक्रमितमध्ये बनेपा नगरपालिकाबाट ७ जना महिला र ५ जना पुरुष, धुलिखेल नगरपालिकाबाट ४ जना महिला र ४ जना पुरुष, पनौती नगरपालिकाबाट ५ जना महिला र ६ जना पुरुष, पाँचखाल नगरपालिकाबाट १ जना पुरुष, मण्डनदेउपुर नगरपालिकाबाट ३ जना महिला र २ जना पुरुष र चौरीदेउराली गाउँपालिकाबाट १ जना पुरुष गरी जिल्लामा आज ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कार्यालयका प्रमुख डा. नरेन्द्र कुमार झाका अनुसार यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या २२ सय ४ पुगेको छ । ति मध्ये ५ सय ४० जना सक्रिय कोरोना संक्रमित रहेका छन् । काभ्रेमा अहिले सम्म १६ सय ३७ जना संक्रमणमुक्त भएका छन् । आज २८ जना कोरोना संक्रमित कोरोना जितेर घर फर्किएको उनले जानकारी दिए । हालसम्म जिल्लामा कोरोनाका कारण २७ जनाको मृत्यु भईसकेको छ ।

Facebook Comments