रोशी सहकर्मी–कार्तिक २८,
पनौती/

काभ्रे हेभी इक्युपमेन्ट व्यवसायी संघको तेस्रो जिल्ला अधिवेशनले पुनः मोहनकुमार श्रेष्ठको अध्यक्षतामा नौ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ ।
पनौती नगरपालिकामा हिजो सम्पन्न अधिवेशनले नमोबुद्ध ७ का मोहनकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ समिति निर्विरोध चयन गरेको छ । समितिमा उपाध्यक्ष मण्डनदेउपुर ७ का प्रभुराम श्रेष्ठ, सचिव पनौती ७ का रामशंकर कर्माचार्य, उप सचिव नमोबुद्ध ३ का गोकुल भुर्तेल र कोषाध्यक्षमा पाँचखाल ४ का धरसमान तामाङ छनोट गरिएको । त्यस्तै सदस्यहरुमा पनौती ४ का रामहरी भण्डारी, नमोबुद्ध ४ का माधवप्रसाद कँडेल, मण्डन ७ का कुमार तामाङ र बनेपा ८ का निरज प्रजापति निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
कार्यक्रमका प्रमुख अथिति पुर्व मन्त्री एंव सांसद महेश बस्नेतको प्रमुख आतिथ्यतामा भएको थियो ।

Facebook Comments Box