यश कुमार परियार–मंसिर ५,
२०७७,काभ्रे/

काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं २ बुच्चाकोट ठुलोपोखरीमा रहेको नागदेवी कृषि फार्ममा ४ बाख्रा मरेका छन् । हिजो बाख्राहरु चराएर ल्याएपछि केहि समयमा नै २ वटा खसी र २ वटा माउ बाख्राको मृत्यु भएको फर्मका संचालक युवराज न्यौपानेले जानकारी दिए ।

‘सदा झौँ हिजो २ बजे पानी दिएर चराउन लगियो, अरु बेला दिन भरी चर्ने बाख्रा हिजो आदि घण्टामा नै फर्कियो’ न्यौपानेले भने, ‘बाख्रा फर्किएपछि आमाले बाँधेर जानुभयो, त्यसको केहि समयमा नै ५/१० मिनेटको अन्तरमा बाख्राहरु मरे ।’ आफु घर बाहिर रहेको र बाख्रा मर्न थालेको खबर आएपछि नमोबुद्ध नगरका पशु सेवा शाखाका बाबुराम आचार्यको सहयोगमा औषधि लिएर गएका कारण थप क्षती हुन नपाएको न्यौपानेले बताए । उनको फर्ममा १८ वटा बाख्रा थिए ।

‘बाख्राको रगत निकालेर हेर्दा पुरै कालो छ, बाख्रालाई बिष नै दिईएको हो’ नगरका पशु सेवा शाखाका बाबुराम आचार्यको भनाई उद्धित गर्दै न्यौपानेले भने । बिष कसले र कहाँ खुवाएको बारे छानबिन गर्न प्रहरीमा खबर गर्ने उनले बताए ।

Facebook Comments