अशोक बुद्ध लामा- कार्तिक २८,
रोशी/

जिल्लाको रोशी गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको परिचय पत्र वितरण कार्यक्रममा आज वडा नम्बर ४ मा २७ जनाले लिएका छन् । रोशी गाउँपालिकाले सेभ द चिल्ड्रेनको सहयोग र नाङशाल एशोसिएसन नेपालको समन्वयमा शुरु गरेको अपाङ्गता परिचय पत्र वितरण तथा नविकरण कार्यक्रम अन्तर्गत आज वडा नं ४ मा वितरण गरिएको हो । रोशी गाउँपालिका उपाध्यक्ष लक्ष्मी बर्तौला (उप्रेती) को संयोजकत्वमा कुल २७ जना मध्ये क वर्गका ८ जना, ख वर्गका १७ जना र घ वर्गका २ जनामा परिचय पत्र बितरण गरेका हुन् । भोलि २९ गते रोशी ३ वडाको वडा कार्यलयमा अपाङ्गता परिचय पत्र वितरण कार्यक्रम रहेको महिला तथा बालबालिका शाखा प्रमुख प्रज्वाला राइले जानकारी दिइन् । गाँउपालीकाले गाँउपालीका भरिका १२ वटा वडामा नै अपाङ्गता परिचय पत्र वितरण गर्ने लक्ष्य लिएको छ ।

Facebook Comments