मंसिर १२,
२०७७,काभ्रे/

काभ्रे जिल्लाको मालपोत कार्यलयले नगरपालिकाका सेवाग्रागीहरुलाई बार निर्धारण गरेको छ ।

सेवाग्राहिहरुको भिडभाड हुने मालपोत कार्यलयमा एकै पटक सेवा प्रवाह गर्दा कोरोना भाईरसको जोखिम हुनसक्ने कुरालाई मध्येनजर गरी जिल्लामा रहेका नगरपालिकाहरुको सेवाग्राहिलाई बार निर्धारण गरेको सुचनामा उल्लेख छ । साथै सुचनामा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी यहि मंसिर १४ गते आईतबारबाट अर्को व्यबस्था नभएसम्मका लागि बार अनुसार सेवा प्रबाह हुने बताईएको छ ।

मालपोतले बनेपा र नमोबुद्ध नगरपालिकाको लागि आईतबार र बुधबार, पनौती र मण्डनदेउपुर नगरपालिकाका लागि सोमबार र बिहिबार, धुलिखेल र पाँचखाल नगरपालिकाका लागि मंगलबार र शुक्रबार सेवा प्रबाह हुने जनाएको छ ।

गाउँपालिकाहरुको हकमा भने हरेक दिन सेवा उपलब्ध हुने कार्यलयले जनाएको छ ।

Facebook Comments