रोशी सहकर्मी–कार्तिक २९,
नमोबुद्ध/

जिल्लाको नमोबुद्ध नगरपालीकामा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । नगर प्रमुख टि.पि. शर्मा तिमल्सिनाको अध्यक्षता रहेको कार्यक्रम नमोबुद्ध नगरपालिकाको आयोजना र सेभ द चिल्ड्रेननको सहयोगमा भएको हो । सार्वजनिक सुनुवाईमा आ.व. ०७६÷०७७ को प्रथम चौमासिक अवधि भित्र सम्पन्न कार्यक्रमहरुको बारेमा जानकारी गराईएको थियो । नगरपालिकाले हालै प्रथम चौमासीक अवधिको समिक्षा कार्यक्रम पनि सम्पन्न गरिसकेको छ । उक्त कार्यक्रममा आर्थिक बर्ष २०७६÷०७७ को प्रथम चौमासीक अवधि भित्र सम्पन्न कामको जानकारी दिईएको थियो ।
कार्यक्रममा वडा वासीहरुले आफ्नो वडामा भएको समस्याहरु राखेका थिए । आफ्नो जिज्ञासा राख्ने क्रममा नमोबुद्ध नगरपालिका वडा नं ६ खरिबोटका सञ्जीव न्यौपानेले जथाभावी बाटो निर्माणले पानकिो मुहान सुक्ने जस्ता समस्या देखा परेको छ, त्यस्मा वातावरणीय मुल्याङ्कनलाई ध्यानमा राखी काम गर्नुपर्ने बताए । सोही वडाका पुष्प न्यौपानेले नमोबुद्ध नगर भित्र विभिन्न उद्योगले सार्वजनिक जग्गा मिचेको, प्राकृतीक वस्तुको अनियन्त्रित दोहन, आफुखुसी नियम विपरित उद्योग धन्दा सञ्चालन भईरहेकोले त्यस विषयमा नगरले छानविन गर्नुपर्ने माग रखेका छन् । यदि नगरले तत्काल यो विषयमा आवश्यक कदम नउठाएमा वडा वासीन्दाहरु मिलि उद्योगमा तालाबन्दि गर्ने चेतावनी समेत दिएका थिए । त्यस्तै वडा नं ३ का कुमार लामाले विवादित वडा कार्यलयको विषयमा छानविन गरि नगरले निष्पक्ष निर्णय गर्न माग गरेका छन् । त्यस्तै शिक्षा प्रेमिले नगरमा शिक्षाको अवस्था के कस्तो छ भनि प्रश्न राखेका थिए । त्यस्तै नेपाली काङ्ग्रेसका सुदर्शन अधिकारी, पुर्व कार्यकारी अधिकृत भैरब खनाल, उद्योेग बाण्ज्यि संघ नमोबुद्ध का अध्यक्ष बसुनारायण श्रेष्ठ, राष्ट्रिय कृषक समूह महासँघ काभ्रेका अध्यक्ष उद्धब हुमागाइ, कृषक समूह ३ नम्बर प्रदेश संयोजक हरी तिमल्सिनाले सुझाव सहित आफ्नो धारणा राखेका थिए । सहभागीबाट उठेका जिज्ञासाहरुको प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईंले जवाफ दिएका थिए । सहभागीहरुलाइ धन्यवाद दिदै नगरप्रमुख टि पी शर्माले समापन गरेका थिए ।
कार्यक्रममा जनप्रतिनिधि, संचारकर्मी, नमोबुद्ध नगरपालिका भरिका वासिन्दाहरुको सहभागीता रहेको थियो । आजको कार्यक्रममा शिक्षा शाखा प्रमुख जनार्जन रिजाल र प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाँईले स्वागत मन्तव्य राखेका थिए ।

Facebook Comments