मंसिर १५,
२०७७,काभ्रे/

एसोएस बालग्राम काभ्रेमा कृषि धारको पठनपाठनका लागि दुई करोडको भवन निर्माण सुरु भएको छ । आज एक कार्यक्रमका बीच बागमती प्रदेशका सांसद चन्द्र लामा र पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेले संयुक्त रुपमा शिलान्यास गरेसँगै उक्त भवन निर्माण सुरु भएको हो ।

पनौती नगरपालिका–५ श्रीखण्डपुरमा रहेको उक्त बालग्रामको कृषि शिक्षालय भवन निर्माण बागमती प्रदेश सरकार, पनौती नगरपालिका र बालग्रामको साझेदारीमा बन्न लागेको हो । उक्त भवन प्रदेश सरकारको एक करोड, पनौती नगरपालिकाको ३० लाख र एसोएस बालग्राम काभ्रेको २० लाख रुपियाँ सहित दुई करोडमा निर्माण हुने छ ।

शिलान्यास कार्यक्रममा बागमती पदेश सांसद लामा, नगर प्रमुख न्यौपाने, एसोएस बालग्रामका केन्द्रीय निर्देशक इश्वरीप्रसाद शर्मा, एसोएस बालग्राम काभ्रेका निर्देशक सुरेन्द्र आम्गाई, प्रिन्सिपल नरेश्वर आचार्य लगायतले मन्तव्य राखेका थिए ।

Facebook Comments Box