रोशी सहकर्मी–कार्तिक २८,
कटुञ्जे/

जिल्लाको रोशी गाउँपालिका कटुन्जेवेशीमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत रहेको खाद्य उपभोग अवस्था सम्बन्धि तामाङ जाती विशेष अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
अन्तरक्रियाका कार्यक्रममा बोल्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको वरिष्ठ खाद्य उपमहानिरीक्षक उपेन्द्र रायले रोशी गाउँपालिकाको विशेष गरी तामाङ समुदायका नागरीकहरुले धर्म, संस्कृति परम्परा, रीतिरीवाज, चालचलनको आधारमा खाद्य उपभोगको अवस्था, गुणस्तरीय खाद्य सामग्री तथा सरसफाईको विषयमा विशेष छलफल तथा अन्र्तकृया भएको बताए । त्यस्तै वरिष्ठ खाद्य अनुसन्धान अधिकृत हुमा बखिमले सुत्केरी अवस्थामा महिलाहरुको स्वास्थ्य,खानपान तथा सरसफाईमा विशेष ध्यान दिनुपर्ने ताजा मासु तथा प्रोटिन युक्त खानाको साथसाथै सागसब्जी तथा रेसादार युक्त खानामा पनि जोड दिनुपर्ने बताईन् ।
कार्यक्रममा रोशी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत डम्बरु दाहाल, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलयका अधिकृत शिव प्रसाद भण्डारी, रोशी गाउँपालिकाको प्रवक्ता तथा वडा नं. ६ को वडा अध्यक्ष पदम लामा, वडा नं ३ को वडा अध्यक्ष धनजीत लामा, वडा नं. ८ को वडा अध्यक्ष मिकाशजित लामा, वडा नं १० को वडाअध्यक्ष दूधराज तामाङ लगायत अन्य जनप्रतिनिधि तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । त्यसैगरी प्रत्येक वडाबाट २ जना महिला र २ जना पुरुषको सहभागिता रहेको थियो ।

Facebook Comments Box