मंसिर २४,
२०७७,काभ्रे/

काभ्रेमा आज कोरोना भाइरसलाई जितेर ३२ जना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य कार्यलयले उपलब्ध गराएको विवरण अनुसार आज थप १३ जना नयाँ कोरोनाका संक्रमित थपिएको छ । थपिनेहरुमा बनेपा नगरपालिकाका ६ जना, धुलिखेल नगरपालिकाका २ जना, पनौती नगरपालिकाका ४ जना र पाँचखाल नगरपालिकाका १ जना रहेका छन् ।

योसँगै जिल्लामा संक्रिमित हुनेको संख्या ३ हजार ८६ पुगेको छ । ति मध्ये २ सय ५ जना सक्रिय संक्रमित रहेका छन् । जिल्लामा हाल २ हजार ८ सय ४२ जनाले कोरोना जितेर स्वस्थ भईसकेका छन् ।

जिल्लामा हाल सम्म कोरोना भाइरसको कारण ३९ जनाको ज्यान गुमाईसकेका छन् ।

Facebook Comments Box