रोशी सहकर्मी–कार्तिक २९,
तेमाल/

तेमाल गाँउपालीकाको न्यायीक समितिद्धारा आयोजित वडा स्तरिय सामुदायिक मेलमिलापकर्ताहरु बिच अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । तेमाल गाउँपालिकाको न्यायिक समितिले ९ वटै वडामा रहेका मेलमिलाप केन्द्रको विगतका कामको प्रतिवेदन प्रस्तुत गराई वडा स्तरिय मेलमिलाप कर्ताहरुविच अनुभव आदन प्रदान कार्यक्रम गरेको हो । २७ गते वडा नं ७, ८, ९ मा, २८ गते ४, ५, ६ मा र अन्तिम २९ गते १, २, ३ मा कार्यक्रम गरि समापन भएको हो । कार्यक्रममा तेमाल गाँउपालीका उपाध्यक्ष दुर्गामायाँ तामाङ, प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुईकेल, न्यायिक समिति सदस्यहरु, सहजकर्ता, जनप्रतिनिधिहरु, शिक्षक, वडा समितिका पदाधिकारी, मेलमिलाप केन्द्रका मेलमिलापकर्ताहरु, वडा सचिवहरु साथै तेमाल गाउँपालिकाका न्यायिक समितिको सम्पुर्ण टोलीको सहभागिता रहेको थियो ।
कार्यक्रममा मेलमिलाप कर्ताहरुले बिगतको दिनमा गरेका कामको प्रगति प्रतिवेदन प्रस्तुति गरेका थिए । उनिहरुले काम गर्दा परेका समस्या सुनाउदै आगामी दिनमा न्यायिक समिति, वडा कार्यलाय र मेलमिलाप केन्द्र बिच समन्वय, सहकार्य गर्दै जाने जनाएका छन् ।

Facebook Comments