मंसिर २८,
२०७७,काभ्रे/

काभ्रेमा पछिल्लो समय कोरोनाका संक्रमित क्रमिक रुपमा घटीरहेको छ । पछिल्लो तथ्याङक अनुसार काभ्रे जिल्लामा कोरोनाका संक्रमितको संख्या ३ हजार १ सय ९ पुगेको छ । यस्तै कोरोनाका संक्रमित मध्ये आज सम्म २ हजार ९ सय २५ जना कारोना मुक्त भईसकेको स्वास्थ्य कार्यलय काभ्रेले जनाएको छ ।

आज मात्रै २१ जना कोरोनाका संक्रमित निको भएको कार्यलयका प्रमुख डा. नरेन्द्र कुमार झाले जानकारी दिए । उनका अनुसार आज १ जनामा मात्रै कोरोना पुष्टि भएको छ । उनि बनेपा नगरपालिकाका एक जना महिला हुन् ।

जिल्लामा हाल १ सय ४४ जना मात्र संक्रिय संक्रमित रहेको डा.झाले जानकारी दिए । हाल जिल्लाका होम आइसोलेसनमा १ सय ३३ र अस्पतालको आइसोलेसनमा ११ जना रहेका छन् । काभ्रेमा कोरोनाबाट ४० जनाको मृत्यु भईसकेको छ ।

Facebook Comments