मंसिर २८,
२०७७,काभ्रे/

काभ्रे जिल्लाको पाँचखाल नगरपालिका वडा नं २ का माईली तामाङको ३८ तोला सुन चोर्ने ५ जना काठमाण्डौमा पक्राउ परेका छन् । महानगरीय प्रहरी परसर काठमाडौले दिएको जानकारी अनुसार तामाङको घरबाट ३८ तोला सुनको गहना चोरेर फरार भएका ५ युवालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा काभ्रेको धुलिखेल नगरपालिका १ का २३ वर्षका राम तामाङ, धुलिखेल ७ का १८ वर्षका हुइबहादुर तामाङ र धुलिखेल १ का १८ वर्षका राजन तामाङ, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ का २४ वर्षका रामचन्द्र चालिसे, ओखलढुंगाको सिद्धिचरण नगरपालिका ५ का २७ वर्षका देवराज दाहाल रहेका छन् । प्रहरीले ओखलढुंगाका देवराज दाहालबाट २३७ ग्राम र रामचन्द्र चालिसेको साथबाट २१० ग्राम सुनका गहना बरामद गरेको छ ।

माइली तामाङको घरबाट गहना र पैसा हराएपछि प्रहरीले खोजी गर्दा उक्त टोलीलाई काठमाडौंको ड्रागन डिस्कोमा फेला पारेको थियो । प्रहरीले उक्त घटनाको मुख्य योजनाकार राजन तामाङ रहेको बताएको छ । उनीहरुमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय काभ्रे पठाइएको महानगरीय प्रहरी परसर काठमाडौंले जनाएको छ ।

Facebook Comments