मंसिर २९,
२०७७,बनेपा/

नेपाली कांग्रेसका पूर्व उपसभापति एवम् संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली जङ्गे बन्न खोजेको बताउनुभएको छ । नेपाली कांग्रेस काभ्रेले बनेपामा गरेको सरकार बिरोधी सभालाई सम्बोधन गर्नुहुँदै राज्यका सबै अधिकार आफूमा राखेर केपी ओली जङ्गे बन्न खोजेको उहाँको भनाई छ । राजश्व, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ती शुद्धिकरण आयोग, राष्ट्रिय अनुसन्धान, समाज कल्याण परिषद लगायतका महत्वपूर्ण अधिकारी आफू महातत ल्याएर ओली जङ्गे बन्न खोजेको उहाँको भनाई थियो ।

प्रधानमन्त्रीमा हँदै नभएका अधिकार प्रयोग गरेर ओली सरकार आफूलाई जङ्गे सम्झेर अगाडि बढ्दा मुुलुक पुनः अस्थितरता तर्फ गएको बताउनुभयो ।
सरकारका कारण जनतामा निराशा छाएको बताउनुहुँदै जनताको साथमा कांग्रेस रहेको सन्देश दिन काँगे्रस सदन र सडकमा आउन बाध्य भएको छ, भन्नुभयो । उहाँले भन्नुभयो, पाँच महिना देखिए रोकिएको सदन तत्काल खोल्न सरकारलाई म आग्रह गर्छु । उहाँले मुलुकमा भ्रष्टचार बढेको, सुशासन कायम गर्न नसकेको, जनताको प्राप्त जनमतलाई नेकपा सरकारले पुरा गर्न नसकेको, अत्याचार, दमन बढेको, बलत्कारी र हत्यारालाई सरकारले संरक्षण गरेको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले अहिलेको ओली सरकारका कारण राजतन्त्रबादी सडकमा आएको बताउनुहुँदै संङघीय लोकतान्त्रिक गणतन्त्रण रक्षाका लागि कांग्रेस सडक र सदनमा आउन बाध्य भएको बताउनुभयो । उहाँले नेकपाको पार्टीमा देखिएको बिवादका कारण संसद बैठक स्थगित भएको बताउनुहुँदै पार्टीको विवादका कारण सदनलाई बन्दी नबनाउन जोड्दार माग गर्दछु भन्नुभयो । अर्का केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले प्रजातन्त्रको विकल्प प्रजातन्त्र मात्रै भएको बताउनुहुँदै मुलुकले पुनः निरकुंशताको कल्पना गर्न नसक्ने बताउनुभयो ।

नेपाली कांग्रेसका जिल्ला सभापति मधुप्रसाद आचार्यले नेकपा सरकारले पूर्वग्राही, जोडघटाउ, नाफा घाटाको राजनीति अगाडि बढाएकाले मुलुकले परिकल्पना गरे अनुसारको दिशा पहिल्याउन नसकेको बताउनुभयो । ठूलो संख्यामा गाउँगाउँबाट आएका नेपाली कांग्रेसका कार्यकर्ताले बनेपाको गोदामचोक देखी तीनदोवाटो सम्म सरकारका बिरुद्ध नाराबाजी गरेका थिए । बनेपाको तीनदोबाटोमा कोणसभामा केन्द्रीय नेताले सम्बोधन गरेपछि आजको कार्यक्रम सम्पन्न भएको थियो । कोणसभाको सञ्चालन पार्टी सचिव दिनेश लामाले गर्नुभएको थियो भने स्वागत मन्तव्य जिल्ला उपसभापति अच्यूत पौडेल र धन्यवाद ज्ञापन अर्काे उपसभापति गोविन्द्र बहादुर थापाले गर्नुभएको थियो ।

Facebook Comments Box