पुस ३,
२०७७,काभ्रे/

रोशी गाउँपालिकाको आफ्नै प्रशासनिक भवन निर्माणको काम अघि बढेको छ । बिहिबार गाउँपालिका अध्यक्ष डीबी लामाको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले भवन निर्माणको काम अघि बढाउने निर्णय भएको हो । साविक कटुञ्जे गाविस वडा नं ५ हाल वडा नं ७ मा बन्न लागेको भवनको निमित्त जग्गा सम्याउने काम भईरहेको छ । गाउँपालिकाका प्रवक्ता पदम बहादुर लामाका अनुसार गाउँपालिकाकाले प्रशासकिय भवन निर्माणका लागि जग्गा प्राप्ति गर्न गत बर्षको फागुन ७ गतेको कार्यपालिका वैठकले निर्णय गरे बमोजिम जग्गा प्राप्त भएको छ । उक्त जग्गाको सिमांकन गरी जग्गा विकास गर्न (सम्याउने, डेन, निर्माण वाल निर्माण) संलग्न लागत स्टीमेट बमोजिमको रकम गा.पा भवन निर्माण शिर्षकमा विनियोजन रकमबाट तत्काल गर्ने साथै बाँकी रहेको रकमबाट आल्मुनियम पार्टेशन सहितको अस्थायी भवन निर्माणको लागि र स्थायी भवन निर्माणको डिजाइनिङको लागि प्रकृया आरम्भ गर्ने निर्णय गरिएको उनले जानकारी दिए ।

यस्तै रोशी गाउँपालिकाले लामो समयदेखि कार्यरत ६० वर्ष भन्दा धेरै उमेर पुगेका १९ जना स्वयंसेवीकाहरुलाई सम्मान सहित जनही २० हजार दिएर बिदाई गर्ने भएको छ । बैठकले खहरेपाँगुमा बनिरहेको १० शैयाको अस्पताल भवन निर्माणका लागि १० करोड ८३ लाख २६ हजार टेन्डर गर्ने निर्णय गरेको छ । उक्त अस्पतालकामा डाक्टर नआएपछि गाउँपालिकाले थप २० हजार थपेर राख्ने भएको छ ।

उक्त बैठकले सामुदायिक विद्यालयहरुको आर्थिक वर्ष २०७६/७७ को लेखापरिक्षण गर्न विद्यालय शिक्षा सञ्चालन, व्यवस्थापन नियमन कार्यविधि २०७५ को दफा ९१ को व्यवस्था अनुसार लेखापरीक्षण गर्न ११ जना लेखापरीक्षक नियुक्ती गरेको छ । त्यस्तै गाउँपालिकामा शुन्य दरबन्दी रहेका विद्यालयहरुमा शिक्षक व्यवस्थापन गर्न तथा शैक्षिक पहुँच तथा सिकाई गुणस्तर प्रर्वद्धन गर्न निम्नमाध्यमिक तहका ५ वटा र प्राथमिक तहका १ वटा बिद्यालयमा शिक्षक अनुदान स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता पदमबहादुर लामाले जानकारी दिए ।

Facebook Comments