पुस ५,
२०७७,काभ्रे/

काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं ४ मा रहेको जनक माविका ६० जना विद्यार्थीहरुलाई जाडोमा न्यानो बनाउने टोपी वितरण गरिएको छ । ग्रेस कम्युनिटी क्लबको पहलमा सगुन बिद्या मन्दिरका संस्थापक, शिक्षकहरू र कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूको आर्थिक सहयोगमा विद्यालयका कक्षा १ देखि ५ सम्म अध्ययनरत ६० जना विद्यार्थीहरूलाई शिर न्यानो राख्न टोपी वितरण गरिएको क्लबका अध्यक्ष साजन श्रेष्ठले जानकारी दिए । क्लबका अध्यक्ष श्रेष्ठ सगुन विद्या मन्दिरका शिक्षक पनि हुन् । उनले आफु शिक्षक भएको नाताले विद्यार्थीहरुलाई किताबी ज्ञान मात्र नभई, सामाजिक कार्यप्रति पनि उत्प्रेरित गराउन पाउँदा खुसी मिलेको प्रतिकृया दिए ।

उनले आगामी दिनमा विद्यार्थी, शिक्षक र सगुन बिद्या मन्दिरका संस्थापकहरुसँग सहकार्य हुने र सहयोगको पनि अपेक्षा गरेका छन् । ग्रेस कम्युनिटी क्लब हालै स्थापना भएको हो । नमोबुद्ध नगरपालिका भित्रको बिपन्न विद्यार्थीहरुलाई अध्ययन सामग्री, लत्ता कपडा र आवश्यक परामर्शको प्रबन्ध गर्ने उद्देश्यका साथ यो क्लब स्थापना भएको क्लबका अध्यक्ष श्रेष्ठले जानकारी दिए । हालै स्थापना भएको क्लबको सचिवमा मोहन कृष्ण श्रेष्ठ, कोषाध्यक्षमा प्रयास खनाल, सदस्यहरुमा अजय बि. क., इच्छा श्रेष्ठ, सदिक्षा कार्की, र सुमिना सापकोटा रहेका छन् ।

Facebook Comments