सांकेतीक तस्बिर

यश कुमार परियार–पुस ७,
२०७७,काभ्रे/

रोशी गाउँपालिका वडा नं ८, किर्दास मा करीब ४ सय वर्ष अघि देखिको माने र्ममत सम्भार गर्न स्थानिय अग्रसर भएका छन् । स्थानियका अनुसार उक्त माने ४ सय बर्ष अघि थोकर बंसले स्थापना गरेका थिए । जसका ३ भाई थिए । जेठो खार्पाचोकको, कान्छो किर्दासको र माईलो निसन्तान थिए । त्यहि कान्छो सन्तानका बंस किर्दासमा ५९ घर धुरी रहेका छन् । उनिहरुले नै पुर्खाले बनाएको माने मर्मत सम्भार गर्न लागेका हुन् ।

माने निर्माणका निमित्त समिति गठन भएको छ । समिातिका अध्यक्षमा साईला लामा, कोषाध्यक्षमा माईला तामाङ, सदस्य सचिवमा सत्यमान लामा, सदस्यहरुमा जयमान लामा, कुन्साङ लामा, पुर्ण बहादुर लामा, निर माया लामा, केसरी माया लामा, शक्ति सिं लामा, गोर्खा तामाङ रहेका छन् ।

मानेमा बिहान बिहान पुजा गर्ने गरिन्छ । जसलाई तामाङ भाषामा ‘छ्यो गम्’ भनिन्छ । अब मानेमा दुङग्युर माने पनि राखिने सदस्य जयमान लामाले जानकारी दिए । अहिले माने बनाउनको निमित्त ५९ घर धुरीले ५ हजार रुपौँया सहयोग गर्ने भएका छन् । हाल उक्त मानेको लागि समितिका सदस्य पुर्ण बहादुर लामाले ५ हजार, जयमान लामाले १५ हजार सहयोग गरिसकेका छन् । समितिका सदस्य जयमान लामाले यति रकमले मात्रै नपुग्ने र ईच्छुक व्यक्तिहरुले उहाँलाई सम्पर्क गरी सहयोग गरिदिनुहुन आग्रह गरे ।

Facebook Comments Box