पुस ७,
२०७७,काभ्रे/

काभ्रेमा आज कोरोना संक्रमित मध्ये १२ जना उपचार पछि डिस्चार्ज भएका छन् । स्वास्थ्य कार्यलय काभ्रेका अनुसार यो सँगै संगै निको हुनेको संख्या ३ हजार ३९ पुगेको छ । यस्तै जिल्लामा आज थप ११ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा बनेपाका ४ जना, पनौतीका १ जना, पाँचखालका २ जना, नमोबुद्धका १ जना र मण्डनदेउपुरका ३ जना रहेकोे स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिए ।

योसंगै जिल्लामा कोरोना संक्रिमित हुनेको संख्या ३ हजार १ सय ९८ पुगेको छ । ति मध्ये एक सय १७ जना सक्रिय संक्रमित रहेका छन् । कोरोनाका काराण काभ्रेमा ४२ जनाको ज्यान गईसकेको छ ।

Facebook Comments