यश कुमार परियार–पुस ८,
२०७७,काभ्रे/

सरकारले सामुदायिक विद्यालयमा ल्याएको दिवा खाजा कार्यक्रम प्रभावकारी भएको पाईएको छ । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं १ मा रहेको लक्ष्मी नारायण माध्यमिक विद्यालयमा दिवा खाजा कार्यक्रम प्रभावकारी रुपमा संचालन भएको पाईएको हो । कक्षा १ देखि १२ सम्म रहेको उक्त विद्यालयमा ३ सय ३० जना विद्यार्थि अध्ययनरत छन् । सरकारले २०७७ साल देखि शिशु कक्षा देखि ७ सम्मका विद्यार्थिलाई दिवा खाजाको लागि १ जना बराबर १५ रुपौँया दिने गरेको छ । तर यस विद्यालयले भने एक विद्यार्थि बराबर २५ रुपौँको दरले दिवा खाजा खुवाउने गरेको प्रधानाध्यापक महेश प्रसाद कोईरालाले जानकारी दिए ।

यस विद्यालयमा शिशु कक्षा देखि ७ सम्म १ सय ६० जना विद्यार्थि रहेका छन् । उनका अनुसार सरकारले दिवा खाजा कार्यक्रम ल्याउनु अघि देखि नै फ्रान्सको स्कुल अफ सोलाडिरिटीको सहयोगमा शिुश कक्षा देखि ६ सम्मका विद्यार्थिलाई एक जना बराबर २० रुपौँयाको दरले दिवा खाजा कार्यक्रम संचालन गरिदै आएको थियो । ‘हामीले विद्यालयमा २ वर्ष देखि निरन्तर दिवा खाजा खुवाउँदै आएका छौँ’– प्रधानाध्यापक कोईरालाले भने ‘ अहिले सरकारले दिएको रकम र फ्रान्सको स्कुल अफ सोलाडिरिटीको सहयोगमा एक जना बराबर २५ रुपौयाको दरले शिशु कक्षा देखि ७ सम्मका विद्यार्थिहरुलाई खाजा खुवाउने गरेका छौँ ।’

विद्यालयमा बार अनुसार खाजा निर्धारण गरिएको छ । जस्तै आईतबार तरकारी चिउरा, सोमबार चाउमिन, मंगलबार रोटि र तरकारी, बुधबार बिस्कुट र चिया त्यसैगरी अरु बारमा यहि खाजा दाहोरीने प्रधानाध्यपक कोईरालाले जानकारी दिए । विद्यालयमा शिक्षक र कर्मचारी गरी १९ जनाको दरबन्दी रहेको छ । बिद्यालयमा हाल २ सिफ्टमा कक्षा संचालन भईरहेको छ । पहिलो सिफ्टमा शिशु कक्षा देखि ७ सम्म र दोश्रो सिफ्टमा ८ देखि १२ सम्मको कक्षा संचालन भईरहेको छ । उनका अनुसार दैनिक ३० मिनेटको दरमा ५ घण्टी पढाई हुनेगरेको छ ।

Facebook Comments Box