अशोक बुद्ध लामा- कार्तिक २९,
रोशी/

जिल्लाको रोशी गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको परिचय पत्र वितरण कार्यक्रममा आज वडा नम्बर ३ मा २६ जनाले लिएका छन् । रोशी गाउँपालिकाले सेभ द चिल्ड्रेनको सहयोग र नाङशाल एशोसिएसन नेपालको समन्वयमा शुरु गरेको अपाङ्गता परिचय पत्र वितरण तथा नविकरण कार्यक्रम आज ३ नं वडामा वितरण गरिएको थियो । रोशी गाउँपालिका उपाध्यक्ष लक्ष्मी बर्तौला (उप्रेती) को संयोजकत्वमा कुल २६ जना मध्ये क वर्गका ७ जना, ख वर्गका ७ जना, ग वर्गका ४ जना र घ वर्गका ८ जनामा परिचय पत्र बितरण गरेको सहकर्मी अशोक बुद्धलामाले जानकारी दिएका छन् । त्यस्तै भोलि ३० गते रोशी गााउपालीका वडा नं २ मा अपाङ्गता परिचय पत्र वितरण कार्यक्रम रहेको महिला तथा बालबालिका शाखा प्रमुख प्रज्वाला राइले जानकारी दिइन् ।
वडा नं १२ बाट सुरु गरीएको परिचय वितरण कार्यक्रम गाँउपालीकाले गाँउपालीका भरिका १२ वटा वडामा नै संचालन गर्ने लक्ष्य लिएको छ ।

Facebook Comments