पुस १०,
२०७७,काभ्रे/

काभ्रे जिल्लामा आज एक जनमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले दिएको विवरण अनुसार कोरोना संक्रमित हुनेमा धुलिखेल नगरपालिकाका एक जना पुरुष रहेका छन् । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ३२ सय २८ पुगेको छ । जसमध्ये अहिले सक्रिय कोरोना संक्रमितको संख्या १ सय १६ रहेको छ ।

यस्तै आज १६ जना संक्रमणमुक्त भएका छन् । यो सँगै काभ्रेमा कोरोना निको हुनेको संख्या ३ हजार ६८ जना पुगेको छ । जिल्लामा अहिलेसम्म ४४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भईसकेको छ ।

Facebook Comments Box