पुस ११,
२०७७,काभ्रे/

प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा गरिएको संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गर्दै नेपाली काँग्रेस काभ्रेले भकुण्डेबेशी र बनेपमा बृहत बिरोध प्रर्दशन गर्ने भएको छ । प्रतिनिधिसभा क्षेत्र न १ को भकुण्डेबेशी र प्रतिनिधिसभा क्षेत्र न २ को बनेपामा पुस १३ गते सोमबार बिरोध प्रर्दशन हुन लागेको नेपाली कांग्रेसका जिल्ला सहसचिव इश्वरी ओझाले जानकारी दिनुभयो । उहाँका अनुसार शनिवार बनेपामा प्रतिनिधिसभा क्षेत्र १ का सभापति तीर्थ लामाको अध्यक्षतामा बसेको बैठकले भकुण्डेबेशीमा बृहत प्रर्दशन गर्ने निर्णय भएको छ । भकुण्डेको सभालाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

बैठकमा कांग्रेस नेता इन्द्रमणि अधिकारी, सविधान सभा सदस्य हर्षजित लामा, कमला थापा, जिल्ला उपसभापति गोविन्द बहादुर थापा, सचिव दिनेश लामा, सहसचिव ओझा, कांग्रेस नेता गणेश लामा, प्रदेश क्षेत्रिय सभापति रमेश हुमागाई र रामबहादुर योन्जन, क्षेत्रिय सचिव गुणराज मुक्तान, त्यस क्षेत्रबाट महासमिति, महाधिवेशनमा प्रतिनिधित्व गर्नुहुने प्रतिनिधि, जिल्ला सदस्य लगायतको उपस्थिती रहेको थियो ।

त्यस्तै प्रतिनिधि सभा क्षेत्र न २ का सभापति कञ्चनचन्द्र बादेको अध्यक्षतामा बसेको बैठकले बनेपामा बिरोध प्रर्दशन गर्ने निर्णय गरेको छ । बनेपा मै बसेको बैठकले पुस १३ गते सोमबार बनेपामा बृहत बिरोध प्रर्दशन गर्ने निर्णय गरेको हो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेको प्रमुख आतिथ्यतामा हुने बिरोध प्रर्दशन बनेपाको गोदामचोकमा जम्मा हुने कार्यक्रम रहेको बादेले जानकारी दिनुभयो । शनिवार पार्टी कार्यालयमा भएको बैठकमा नेपाली काँगे्रसका उपसभापति अच्यूत पौडेल, प्रदेश क्षेत्रिय सभापतिद्धय महेश खरेल र बिदुर घिमिरे, यस क्षेत्रका महासमिति, महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्य लगायतको उपस्थिती रहेको थियो ।

Facebook Comments Box