रोशी सहकर्मी–कार्तिक ३०,
काभ्रे/

धुलिखेल नगरपालिका वडा नं. ८ थाक्लेस्थित अरनिको राजमार्गमा हिजो बेलुका भएको तेल ट्यांकर दुर्घटनामा घाईते भएका चालक राजकुमार लामा र सहचालक कञ्चन लामाको उपचारको क्रममा मृत्यू भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक दिपक गिरीका अनुसार मकवानपुर जिल्ला हेटौडा घर भएका बर्ष ३० को चालक लामाको धुलिखेल अस्पतालमा उपचारको क्रममा र मकवानपुर जिल्ला पालुङ घर भएका सहचालक कञ्चन लामाको थप उपचारको लागि नर्भिक अस्पताल लैजाँदै गर्दा हिजो राती बाटोमा नै मृत्यू भएको हो । चालक लामाको लाश धुलिखेल अस्पतालमा र सहचालक लामाको लाश नर्भिक अस्पतालमा नै रहेको प्रहरीले जनाएको छ ।
धुलिखेलबाट पाँचखालतर्फ जाँदै गरेको ना ७ ख ३७६० नम्बरको डिजेल बोकेको ट्यांकर आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी १ सय ५० मिटर तल खसेको थियो ।
ट्यांकर दुर्घटना हुँदा घट्नास्थल नजिकै विग्रेको बा २ ख ६२५६ नम्बरको यात्रुबाहक बसमा काम गर्ने उदयपुर आँपटार गाविस १ का सहचालक सोभित बहादुर कटुवाल भने घाईते भई धुलिखेल अस्पतालमा उपचार भईरहेको छ । कटुवाल दुर्घटना भएको ठाउँको डिलमा उभिएर बसेको अवस्थामा ट्यांकरले सोहोरेर लगि घाईते भएको प्रहरीले जनाएको छ । उहाँको टाउको, अनुहार र दुवै खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।

Facebook Comments