पुस ११,
२०७७,काभ्रे/

ओली समूहको गढको रुपमा चिनिएको काभ्रे विस्तारै कमजोर बन्दै गएको छ । लामो समय सम्म ओली समूहमा रहेर काम गरेका बागमती प्रदेश सदस्य बसुन्धरा हुमागाई समेत प्रचण्ड नेपाल समूह नै नेकपाको आधिकारी भएको भन्दै त्यो समूहमा गएपछि ओली समूह कमजोर बन्दैगएको कार्यकर्ता माझमा चर्चा हुन थालेको छ ।

आज बनेपामा प्रचण्ड–नेपाल समूहको आयोजनामा भएको कार्यक्रममा हुमागाई पुगेपछि त्यो समूह उत्साहित भएको छ । बागमती प्रदेश सरकारलाई अविस्वास प्रस्तावमा हस्ताक्षर नगरेका हुमागाई प्रचण्ड–नेपाल समूहको भेलामा आएपछि उक्त समूह उत्साहित भएको हो । हुमागाईंले प्रचण्ड–नेपाल पक्षले नेतृत्व गरेको पार्टी मात्र आधिकारी पार्टी भएको बताएका थिए ।

सांसद हुमागाईंले कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीको चुनाव चिन्ह सूर्य पनि आफूहरुको हुने दावी समेत गरे । उनले प्रधानमन्त्री केपी ओलीले कहीं नभएको अधिकार प्रयोग गरेको बताउँदै संसद पूनःस्थापनाको माग समेत गरे । सांसद हुमागाईंले कोही पनि अलमलमा नपर्न अनुरोध गर्दै अब प्रचण्ड–नेपालको नेतृत्वमा भएको पार्टी मात्र आधिकारी भएकोले त्यहीं अनुसार अगाडि बढ्न अनुरोध गरे ।

Facebook Comments Box