पुस ११,
२०७७,काभ्रे/

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटन गर्ने सरकारको असंवैधानिक कदम विरुध्द पुस १३ गते प्रदर्शनमा सहभागी बन्न अपिल गरेको छ । सभापति शेरबहादुर देउवाले शनिबार विज्ञप्ति जारी गर्दै सबैमा सक्रिय सहभागिताका लागि त्यस्तो अपिल गरेका हुन् । पार्टी केन्द्रको निर्देशन अनुसार काभ्रेको दुईवटा प्रतिनिधि सभा क्षेत्र अन्र्तगत क्षेत्र नं १ को भुकण्डेबेशी र क्षेत्र नं २ को बनेपामा विरोध कार्यक्रम हुने नेपाली काँग्रेस काभ्रेका सभापति मधु आचार्यले जानकारी दिए ।

यसैबिच, नेपाली कांग्रेस सिन्धुलीले प्रतिनिधिसभा विघटनविरुद्धको प्रदर्शनमा सरिक हुन अपिल गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन गरिएकोविरुद्ध कांग्रेसले पुस १३ गते सोमबार देशभरको १६५ ओटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन आयोजना गर्ने जनाएको छ ।

नेपाली काङ्ग्रेस केन्द्रिय कार्यसमितिको निर्णय बमोजिम सिन्धुलिको दुई संघीय निर्वाचन क्षेत्रस्तरीय विरोध प्रदर्शन आयोजना हुने काङ्ग्रेस सिन्धुलिका सभापती उज्वल प्रसाद बरालले बताए । सिन्धुलिको निर्बाचन क्षेत्र न १ को दुधौली नगरपालिका दुधौलीमा र क्षेत्र नम्बर २ को मरिण गाउँपालिका कपिलाकोटमा बिरोध प्रदर्शन आयोजना गरिएको काङ्ग्रेसले जनाएको छ ।

Facebook Comments Box