रोशी सहकर्मी–कार्तिक ३०,
काभ्रे/

सेञ्चुरी कमर्सियल बैंकको धुलिखेल शाखाले विद्यालयलाई कम्प्यूटर वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत धुलिखेल नगरपालिका, वडा नं ७ मा रहेको सञ्जीवनी माध्यमिक बिद्यालयलाई दुई थान कम्प्युटर हस्तान्तरण गरेको थियो । विद्यालयलाई सूचना प्रविधी र कम्प्यूटरको ब्यवहारिक ज्ञानमा सहयोग पु¥याउने उद्धेश्यले २ थान डेक्स्टप कम्प्यूटर वितरण गरेको छ । कम्प्यूटर धुलिखेल शाखाका शाखा प्रबन्धक दिपक ढुङ्गानाले एक समारोहका बिच विद्यालयका प्राचार्य लोकेन्द्र ढकाललाई हस्तान्तरण गरेको उतm कार्यक्रमको प्रमुख आतिथ्यता ब्यवस्थापन समितिका अध्यक्ष बेल प्रसाद श्रेष्ठले रहेका थिए । कार्यक्रममा पूर्व प्राचार्य बेद प्रसाद कोजु, विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरु सहायक प्राचार्य पवन प्रधान लगायत सेञ्चुरी बैंकका काभ्रे जिल्लाका शाखा प्रबन्धकहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको ब्यवस्थापन धुलिखेल शाखाका बजार ब्यवस्थापक हरिकृष्ण दाहालले गरेका थिए । बैंकले देशभर १३९ स्थानबाट बैकिङ सेवा र ७५ वटा एटिम मार्फत सेवा पु¥याउँदै आएको छ । काभ्रे जिल्लामा सबै भन्दा बढि ७ वटा शाखा कार्यालय साँगा,नाल्दुम नगरकोट,नाला,बनेपा,पनौती ,धुलिखेल र दोलालघाटबाट ग्राहाकबर्गमा अब्बल दर्जाको वित्तीय सेवा प्रदान गरि बैंकले आफ्नो संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत शिक्षा,स्वास्थ्य, बातावरण,सूचना प्रविधी लगायत थुप्रै कार्यक्रम सहयोग गर्दै आएको छ ।

Facebook Comments Box