अशोक बुद्ध लामा- कार्तिक ३०,
रोशी/

जिल्लाको रोशी गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको परिचय पत्र वितरण कार्यक्रममा आज वडा नम्बर २ मा ९ जनाले लिएका छन् । रोशी गाउँपालिकाले सेभ द चिल्ड्रेनको सहयोग र नाङशाल एशोसिएसन नेपालको समन्वयमा शुरु गरेको अपाङ्गता परिचय पत्र वितरण तथा नविकरण कार्यक्रम आज २ नं वडामा वितरण गरिएको थियो । रोशी गाउँपालिका उपाध्यक्ष लक्ष्मी बर्तौला (उप्रेती) को संयोजकत्वमा कुल ९ जना मध्ये क वर्गका २ जना, ख वर्गका ५ जना, ग वर्गका १ जना र घ वर्गका १ जनामा परिचय पत्र बितरण गरेको सहकर्मी अशोक बुद्धलामाले जानकारी दिएका छन् । वडा अध्यक्ष पेते लामाले गाँउपालीका टोलीनै वडामा आएर परिचय वितरण गरेकोमा खुसी हुदै धन्यवाद दिए । भोलि अन्तिम दिन १ गते रोशी गााउपालीका वडा नं १ को फलामेसँखुमा अपाङ्गता परिचय पत्र वितरण कार्यक्रम रहेको महिला तथा बालबालिका शाखा प्रमुख प्रज्वाला राइले जानकारी दिइन् ।

Facebook Comments Box