पुस १७,
२०७७,काभ्रे/

काभ्रेमा आज थप ४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यलय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार संक्रमित हुनेमा बनेपा र पनौतीका १÷१ जना र धुलिखेलका २ जना रहेका छन् । यस्तै आज २ जना उपचार पछि निको भएर डिस्चार्ज भएका छन् ।

हाल सम्म जिल्लामा ३ हजार २ सय ६७ जनामा भाईरसको संक्रमण पुष्टि भईसकेको छ भने ति मध्ये ३ हजार १ सय १४ जना उपचार पछि निको भईसकेका छन् । अझै जिल्लामा ५० महिला र ५९ जना पुरुष गरि १ सय ९ जना सक्रीय संक्रमित छन् । काभ्रेमा केही दिन यता कोरोना भाईरसको संक्रमण हुनेको संख्यामा केही कमी आएको छ ।

भाईरसको संक्रमणका कारण जिल्लाका ४४ जनाको ज्यान गईसकेको छ । जिल्लाको १३ ओटा पालिमा मध्ये पाँच ओटा पालिकामा कोरोना संक्रमितको संख्या शुन्य रहेको स्वस्थ्य कार्यालय काभ्रेले जनाएको छ । जिल्लाको चौरी, खानीखोला, तेमाल, बेथानचोक र रोशी गाँउपालिकामा संक्रमितको संख्या शुन्य रहेको छ भने बनेपा, धुलिखेल, पनौती, पाँचखाल, नमोबुद्ध र मण्डनदेउपुर नगरपालिकामा भाईरसको संक्रमितहरु रहेको कार्यालयले दैनिक उपलब्ध गराउने बिवरणमा उल्लेख गरिएको छ ।

Facebook Comments