पुस १८,
२०७७,काभ्रे/

पछिल्लो २४ घण्टामा काभ्रेमा २ पुरुष र १ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार थपिएका संक्रमितमध्ये बनेपा नगरपालिकाबाट १ जना पुरुष र १ जना महिला र धुलिखेल नगरपालिकाका १ जना पुरुष गरी ३ जना रहेका छन् । कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार यो सँगै जिल्लामा कोरोना संक्रमिको संख्या ३२ सय ७० पुगेको छ ।

त्यस्तै कुल संक्रमित संख्यामध्ये ३१ सय १४ जनाको उपचारपछि संक्रमणमुक्त भएको कार्यालयको विवरणमा उल्लेख छ । जिल्लामा अहिले १ सय १२ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । त्यस्तै ४४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

Facebook Comments