पुस १९,
२०७७,काभ्रे/

काभ्रेपलाञ्चोक जिल्ला भित्र रहेका पुराना विद्यालयको सुचीमा रहेको रोशी गाउँपालिका वडा नम्बर १०, वाल्टिङ्ग मा अवस्थित श्री पञ्चकन्या माध्यमिक विद्यालयले आफ्नो ७२ औं बार्षिक उत्सव मनाएको छ । डाँडापारी क्षेत्रमै छुट्टै पहिचान बनाउन सफल अग्रणी विद्यालय पञ्चकन्या माविले पुष १६ गते रोशी गाउँपालिकाका अध्यक्ष दलबहादुर लामा(डिबी)को प्रमुख आतिथ्यतामा बार्षिक उत्सब मनाएको हो । वार्षिक उत्सवको उद्घाटन गमलामा रहेको बिरुवामा पानी हालेर गरिएको थियो । बार्षिक उत्सवको अवसर पारेर विद्यालयको भवन शिलान्यास, शैक्षिक पुरस्कार वितरण का साथै साँस्कृतिक कार्यक्रम समेत गरिएको छ ।

विशाल कुण्ड चउरमा अवस्थित विद्यालय ७१ बर्ष अगाडी वि.स २००६ साल पौष १६ गते आधार स्कुलको रुपमा स्थापना भएको उक्त विद्यालय निरकुशं राणा सरकारका कारण शिक्षा विकासको प्रतिकूल अवस्थामा पनि यस क्षेत्रका केही स्थानीय अगुवा अभिभाबक तथा शिक्षाप्रेमीहरु– स्व.श्री काशीनाथ मैनाली, स्व.श्री विष्णुबहादुर रेग्मी, स्व.श्रीकृष्ण प्रसाद सापकोटा, स्व.श्री रामप्रसाद मैनाली, स्व. श्री षडानन्द पण्डित काफ्ले लगायतका व्यत्तित्वहरुले सिंहदरबारमा गई तत्कालीन राणा प्रधानमन्त्री मोहन शमसेर राणा समक्ष विन्ती विसाई श्री ३ महाराजबाट हुकुम प्रमाणित गरी शिक्षा विकास विरोधी कठोर राणहरुको समेत मन पगाल्न सफल भएर विद्यालयको स्थापना गराउन सफल भएका थिए । कठोर राणा कालिन समयमा जिल्ला भित्र अन्य स्थानमा वरिपरि कतैपनि विद्यालय नभएको अवस्थामा जिल्लाकै दुर्गम मानिने डाँडापारी क्षेत्रको महाभारत श्रृखलाको विकट बस्तीमा विद्यालयको स्थापना गरी शिक्षाको ज्योती फैलाउन सफल हुनु भनेको आफैंमा साहसिक एंव चुनौतीपुर्ण कार्यरहेको स्थानियहरुको भनाई छ ।

उक्त समयमा त्यस क्षेत्रका बालबालिकाहरु शिक्षा आर्जन गर्न बञ्चित नहोउन् भन्ने अभिलासाका साथ विद्यालय स्थापना गरिएको स्थानिय अग्रजहरुको भनाई छ । स्थानिय पञ्चकन्या देवीको नामबाट श्री पञ्चकन्या आधार स्कुलको रुपमा नामाकरण गरी स्थापना भएर ७१ वटा बसन्त पारगर्दै हिरक बर्ष मनाउने तयारीमा आइपुगेको वुद्ध अवस्थाको यस विद्यालयले थुप्रै शैक्षिक जनशक्ति उत्पादन गर्नुका साथै आफ्नो सेवाक्षेत्र भित्र शिक्षाको ज्योती फैलाइ निरन्तर सेवा पु¥याउँदै आएको छ । उक्त विद्यालयको बार्षिक ७२ औं बार्षिक उत्सवको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा रोशी गाउँपालिकाका अध्यक्ष डिबी लामाको प्रमुख आतिथ्यता, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत डम्बरु दाहाल, शिक्षा शाखा प्रमुख राम बहादुर तामाङको बिशेष आतिथ्यतामा विद्यालयले बार्षिक उत्सव मनाएको हो । उक्त कार्यक्रममा मा बोल्नुहुँदै गाउँपालिका अध्यक्ष लामाले गाउँपालिकाले पहिलो प्राथमिकतामा शिक्षा क्षेत्रलाई राखेको बताउनुभयो । कार्यक्रममा बोल्दै उहाँले गाउँपालिकाको पहिलो प्राथमिकता शिक्षा, स्वास्थ्य नै हो । शिक्षा बाट कोही पनि बञ्चित नहोउन् भनेर गाउँपालिकाले बिभिन्न कार्यक्रम समेत बनाएको बताउनु भयो । उहाँले भन्नु भयो रोशीका १२ वटा वडाका बालबालिकाहरु शिक्षित हुनु भनेको रोशी शिक्षित हुनु हो । विकासको पहिलो खुड्किलो शिक्षा रहेको भन्नुहुँदै समुन्नत रोशीका लागि शिक्षा पहिलो आधार हो ।

कार्यक्रममा बोल्नुहुँदै बिशेष अतिथी एंव रोशी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत डम्बरु दाहालले २०७२ सालको भुकम्पले तहस नहस बनाएको रोशी क्षेत्रका विद्यालयहरु भौतिक संरचना पुर्ननिर्माण चरणमै रहेका कारण भौतिक संरचना सँगै शैक्षिक गुणस्तरलाई प्राथमिकतामा राखेर काम अगाडी बढाउन आग्रह गर्नुभएको थियो । कार्यक्रमका अर्का बिशेष अतिथी एंव गाउँपालिकाका शिक्षा शाखा प्रमुख राम बहादुर तामाङ ले गाउँपालिका भित्रका कुनै पनि विद्यालयलाई काखा र पाखा नगरेको भन्नुहुँदै आगामी दिनमा थप कार्ययोजना सहित अगाडी बढिने बताउनुभयो । बनेका भौतिक संरचना सँगै शैक्षिक गुणस्तर लाई समेत ध्यान दिन सरोकारवाला लाई आग्रह गर्नुभयो । विद्यालयलाई स्वस्छ शैक्षिक थलोको रुपमा अगाडी बढाउँदै शिक्षा लाई राजनितीबाट टाढा राख्न आग्रह गर्नुभएको थियो । गाउँपालिकाले प्रोत्साहन स्वरुप एसईईमा गाउँपालिका भित्रका बिद्यालयबाट उत्कृष्ठ हुने विद्यालय र बिद्यार्थी लाई नगद पुरस्कार सहित सम्मान गर्ने कार्यक्रम बनाएको भन्दै सबै विद्यालय लाई उत्कृष्ठ भित्र पनि उत्कृष्ठ रुपमा उभ्याउन लागि पर्न आग्रह गर्नुभएको थियो । विद्यालयको ७२ औं बार्षिक उत्सबको अवसर पारेर जिल्ला आयोजना कार्यान्वयन इकाई काभ्रेपलाञ्चोक बाट ७० लाखको लागतमा बन्न लागेको भवनको गाउँपालिका अध्यक्ष लामाले शिलान्यास गर्नुभएको थियो । ७० लाखको लागतमा बन्न लागेको विद्यालय भवन ४ कोठाको बन्ने विद्यालयले जनाएको छ । विद्यालयको वार्षिक उत्सवको अवसर पारेर भवन शिलान्यास सँगै बाल कक्षा देखि कक्षा १० सम्म उत्कृष्ठ हुने विद्यार्थीहरुलाई शैक्षिक पुरस्कार वितरण समेत गरिएको थियो । कार्यक्रममा बिद्यार्थीहरुले नृत्य समेत देखाएका थिए । उक्त कार्यक्रममा रोशी गाउँपालिका वडा नम्बर १० का वडा अध्यक्ष दुधराज तामाङ, वडा सदस्य बलबहादुर स्याङतान, पुष्पवाटिका बाल क्लबका सचिब शर्मिला थिङ, विद्यालयका विद्यालय व्यबस्थापन समिति अध्यक्ष नवराज चालिसे, शिक्षक अभिभाबक संघका अध्यक्षहरु मानकुमार थिङ, नरेन्द्र हमाल, सेमन्तराज सापकोटा, छिमेकी विद्यालय सरस्वती प्राबिका प्रअ दिपेन्द्र यस्माली, पूर्व शिक्षक कृष्णप्रसाद सापकोटा, बर्तमान विद्यालय ब्यबस्थापन समितिका पदाधिकारीहरु इन्द्रबहादुर ज्यू, तिलकमायाँ थिङ, शान्ता श्रेष्ठ, शिक्षक प्रतिनिधी रमेशप्रसाद सापकोटा, विद्यार्थी प्रतिनिधी अस्मिता हायू, सन्तोष लुङ्गेली लगायत शिक्षक, विद्यार्थी र अभिभाबकहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा वडा अध्यक्ष दुधराज तामाङले वडाको एक मात्र माध्यमिक विद्यालयको गुणस्तर सुधारका लागि आफुले जुनसुकै काम अगाडी बढाउन पनि तयार रहेको बताउनु भएको थियो । यसै गरी विद्यालयका प्रधानाध्यापक रामचन्द्र घिमिरेले पुरानो विद्यालय को इतिहाँस पुरानो भएपनी यसको सर्बपक्षिय विकास हुन नसकेको प्रति गुनासो व्यक्त गर्नुभएको थियो । विद्यालयका प्रधानाध्यापक घिमिरेका अनुसार अभिभाबकहरुको विद्यालय प्रतिको सकारात्मक सोचाइ एंव सहयोग, कुशल व्यबस्थापक, अनुभवी शिक्षक, लगनशील विद्यार्थी नेपाल सरकारको प्रभाबकारी अनुगमन तथा आर्थीक साहयोगका कारण विद्यालयले क्रमश एकपछि अर्को सफलता को सिंढि चढ्दै शैक्षिक एंवम् भौतिक रुपले सम्पन्न वन्दै गएको छ । अबका दिनमा शैक्षिक गुणस्तरलाई ध्यान दिँदै अगाडी बढिने बताउनुभयो । बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष कान्छामान लामाले विद्यालयको समग्र पक्षको विकासका लागि परिने बताउनुभयो । कार्यक्रममा शिक्षक रमेशप्रसाद सापकोटाले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो भने कार्यक्रम संचालन शिक्षक सरोज सापकोटाले गर्नुभएको थियो । कार्यक्रम समापन बिद्यालय व्यबस्थापन समिति अध्यक्ष कान्छामान लामाको अध्यक्षतामा सम्पन्न भएको थियो । करिब ७०० घरधुरी मुनी करीब ६००० जनसंख्या रहेको यस विद्यालयको सेवा क्षेत्र भित्र बाहुन, क्षेत्री, ठकुरी, तामाङ्ग, मगर, घर्ती, हायू, दलित जातजाती का बिद्यार्थीहरु पठन पाठन गर्दछन् ।

वि.सं. २००६ सालमा आधार स्कुल २००८ सालमा मिडिल स्कुल, फेरी प्राथमिक स्कुल हुँदै २०२८ सालमा नि.मा.वि तह २०३६ सालमा मा.वि तहको र २०६८ सालमा उमावि स्तरोन्नति भएको थियो । बिद्यालयमा पुर्व प्राथमिक(भ्ऋम्) कक्षा देखी १२ कक्षा सम्म करिब ४०९ जना छात्र छात्राहरु अध्ययनरत रहेका छन् ।

Facebook Comments Box